Saturday, July 28, 2012

पत्रकार कुट्ने बस्नेतलाई युवासंघले बढुवा गर्यो


१३ साउन, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले पत्रकार खिलानाथ ढकाललाई आक्रमण गर्ने मुख्य योजनाकार मानिएका युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतलाई केन्द्रीय कमिटिमा मनोनित गरेको छ ।संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरि बस्नेत सहित १९ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको बताएको हो ।एक वर्षअघि २०६८ साल जेठ २२ गते बस्नेतको योजनामा पत्रकार ढकालमाथि आक्रमण भएको थियो । ढकालमाथि भएको आक्रमणको छानबिनका लागि नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माको संयोजकत्वमा गठित मिडिया मिशनले युवा संघ मोरङका उपाध्यक्ष समेत रहेका बस्नेतको प्रत्यक्ष निर्देशनमा आक्रमण भएको निष्कर्ष निकालेको थियो । बस्नेत अहिले धरौटीमा रिहा छन् ।बस्नेत सहित युवा संघको केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा दुर्गा गौतम (झापा), हिमाल लिम्बु (सुनसरी), निरन्जन झा (सप्तरी), प्रभात कटुवाल (खोटाङ), हर्क राई (सोलुखुम्बु), तेम्पा सिङघी लामा (रसुवा), निरेशलाल सिंह (काठमाडौं) धु्रब यादव (बारा), रेवत राना (पाल्पा) छन् । यस्तै देबराज पोख्रेल (रुपन्देही), मनोहर बुढाथोकी (दाङ), कृष्ण विक, गजेन्द्र शाही, बाबुराम दाहाल (रौतहट), रविन्द्र लम्साल (बाँके), ऋषि भुषाल (तनहुँ), दिलिप न्यौपाने (चितवन) र गणेश जोसी (दार्चुला) रहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

Thursday, July 26, 2012

आर्मीलाई हराउँदै नेपाल प्रहरी १४ औ राष्ट्रिय महिला फुटबलमा फाइनलमा

११ साउन, काठमाडौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल १४ औं एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । बाराको सिमरामा आज भएको दोस्रो सेमिफाइनलमा प्रहरीले त्रिभुवन आर्मीलाई २-० ले हराउँदै फाइनलमा स्थान पक्का गरको हो ।

नेपाल प्रहरीको जीतमा चन्द्रा भण्डारी र निरु थापाले एक एक गोल गरे । यसअघि हिजोको खेलमा कैलालीलाई हराउँदै सशस्त्रले फाइनलमा स्थान बनाएको थियो । नेपाल प्रहरी र सशस्त्रको फाइनल प्रवेशसँगै उपाधि विभागीय टोलीको पोल्टामा पर्ने निश्चित भएको छ । प्रतियोगितामा तीन विभागी र २४ जिल्ला गरी कुल २७ टोलीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेताले ट्रफी सहित तीन लाख र उपविजेता एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । उपाधि भिडन्त शनिबार बाराको सिमरामा हुनेछ ।

सर्पको टोकाईबाट एकको मृत्यु

रौतहट, ११ साउन । सर्लाहीको नेत्रगञ्जमा विषालु सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । नेत्रगञ्ज ५ नवलपुरकी ४५ वर्षकी इन्दिरा आचार्यको मृत्य भएको हो । उखु बारीमा घाँस काट्न गएको समयमा आचार्यलाई सर्पले टोकेको हो ।


सर्पले टोके लगतै नवलपुर स्थित रिपुमर्दन गणमा उपचारका लागि लगिएको भएपनि त्यहाँ उपचार संभव नभएपछि जनकपुर लगिएको र जनकपुरमा पनि उपचार नपाएपछि उहाँको निधन भएको स्थानिय बासिन्दा विनोद चालिसेले जानकारी दिनुभयो । दुई दिन अघि मात्रै लालबन्दीमा सर्पले टोकेर एक युवकको ज्यान गएको थियो । नजिकै सर्पदंश उपचार केन्द्रको अभावमा अकालमा ज्यान गुमाइरहेको भन्दै स्थानीय बासिन्दाहरु चिन्तित भएका छन् ।
By:rauthatnews.com

हेटौंडा काठमाण्डौ छोटो मार्गमा राती सवारी नचलाउन अनुरोध

रौतहट, ११ साउन । हेटौंडा, सिस्नेरी र काठमाण्डौ हुँदै चल्ने सवारी साधनहरुलाई बेलुका ८ बजे देखि बिहान ५ बजेसम्म नचलाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।


बर्षाको मौसममा बाटोमा पहिरो जाने र ढुंगा झरीरहने हुँदा राति अप्ठ्यारो पर्ने भएकोले सवारी साधन नचलाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रामकुमार थापाले बताउनुभयो । सडक खण्डमा राति पहिरो खसेको खण्डमा यात्रुहरु अलपत्र पर्ने समस्या भएकाले सम्पूर्ण यातायात व्यवसायी तथा सम्पूर्णमा प्रहरीले आग्रह समेत गरेको छ । सिस्नेरीका विभिन्न ४ स्थानमा पहिरो गएपछि बुधबार बिहानबाट अवरुद्ध भएको सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् ।.........

समनपुर गाविसमा चार हजार बिरुवा रोपियो

रौतहट, साउन ११ । रौतहट जिल्लाको नमुना गाविस समनपुरमा एक समारोहका विच वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।


नेपाली काँग्रेसका जिल्ला सभापति तथा पुर्व सभासद कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सशस्त्र प्रहरी सुरक्षावेश गौरका प्रहरी उपरिक्षक हृदयरायण मण्डल, इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ललन कुर्मी लगायतकाले वृक्षारोपण गर्नु भएको थियो । नेपाली काग्रेस समनपुर गाविसका सभापति विश्वनाथ यादवको अधयक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय समनपुर, सशस्त्र प्रहरीवेश समनपुर, इलाका स्वास्थ्य कार्यालय समनपुर क्षेत्रमा चारहजार विरुवा रोपिएको थियो । ती स्थानमा आप, लिची, सपेता र अशोकका रुख रोपिएको हो ।        

By : rauthatnews.com

बागमती खोलाबाट ढुङ्गागिट्टी निकाल्न रोक

रौतहट, ११ साउन । बगमति खोलाले ठूलो परिमाणमा खेत कटान गरेको भन्दै रौतहटका स्थानियबासिन्दाले बागमती खोलाबाट ढुङ्गागिट्टी निकाल्न रोक लगाएको छ ।


जिल्ला विकास समिति रौतहटले स्थानिय बासिन्दासँग गरेको सम्झौता अनुसार खोलाको ठेक्का लागेको रकमको ३५ देखि ५० प्रतिशत रकम तटबन्दमा खर्च गर्ने भनेपनि कुनै काम नगरेको भन्दै स्थानीयले आज विहानैदेखि काममा अवरोध पुयाएको हो । बागमती खोलामा तटबन्द नहुँदा रौतहटको चतुर्भुजेश्वर मन्दिर खोलाले लैजाने अवस्था आएको र बस्ती भन्दा माथिबाट खोला पस्ने सम्भावन उच्च हुदाँसमेत यसतर्फ कुनै निकायले चासो नदेखाएको भन्दै अनिश्चित कालको लागि खोलाबाट ढुङ्गागिट्टिी निकाल्न रोक  लगाएको स्थानियबासिन्दा गणेश अधिकारीले जानकारी दिनुभयो । काम रोकिएपछि स्थानिय मजदुर भने समस्यमा परेका छन् । यसबारेमा स्थानीय विकास समिमिलेसमेत चासो नदेखाएको भन्दै आफूहरुले पटक पटक स्काभेटर, ट्रिफर नियन्त्रणमा लिएको भए पनि केही राजनीतिक दलका नेताहरुको कारण छुटाउने गरेको स्थानिय बासिन्दाको भनाइ छ । बागमती खोलाबाट अनितयन्त्रित तवरले ढुङ्गागिट्टी निकाल्दा चुरे क्षेत्रको विनास हुँदै गएको हो ।...........        

By:rautahatnews.com

मृत अवस्थामा फेला


रौतहट : गंगापिपरा–१ स्थित बागमती नदिको किनारमा नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष साउन १० गते २२:३० बजे मृत अवस्थामा फेला परेका छन् ।

By:- inseconline.org

एपीएफ उपाधिनजिक


राष्ट्रिय महिला फुटबलमा बुधबार कैलालीविरुद्ध बल नियन्त्रण गर्ने प्रयासमा एपीएफकी खेलाडी अनु लामा (दायाँ) । तस्बिर : शिव/कान्तिपुर

रौतहट, श्रावण १० -
एपीएफ ४-० कैलाली


डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपीएफ चन्द्रनिगाहपुरमा जारी १४ औं एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बुधबार कैलालीलाई ४-० पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

जितका लागि एपीएफले कैलालीको कडा चुनौती सामना गर्‍यो । पहिलो हाफ समाप्त हुन एक मिनेट मात्र बाँकी छँदा एपीएफकी जमुना गुरुङले मिडफिल्डर सजना रानाको पासमा बललाई जाली चुमाउँदै गोलको खाता खोलेकी थिइन् । विजेता टिमले पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफमा एपीएफले राम्रो प्रदर्शन गर्‍यो । उसका लागि स्ट्राइकर अनु लामाले उत्कृष्ट खेल देखाइन् । उनले खेलको ५२ औं मिनेटमा लक्ष्मी पौडेलको पासमा सानदार गोल गरेकी थिइन् । कैलालीले एपीएफको गोल पोस्टमा बल लैजान निकै प्रयास गरे पनि डिफेन्डर भगवती थापाले विफल पारेकी थिइन् ।

अघिल्लो खेलमा राम्रो प्रदर्शन गर्दै आएकी कैलालीकी नीरा सुनुवारले स्तरीय खेल देखाउन सकिनन् । कैलालीकी अमृता जैसीको प्रदर्शन पनि राम्रो रह्यो ।

कैलालीको टिममा उनी फूर्तिली खेलाडीमा गनिन्छिन् । टिमका अन्य खेलाडी भने गोल बचाउन व्यस्त रहे ।

दोस्रो हाफमा एपीएफले गोलका लागि निकै प्रयास गरेको थियो । खेलको ५७ औं मिनेटमा विजेता टिमकी प्रमिला राईले तुलसा राईको पासमा सानदार गोल गरी टिमलाई ३-० ले अग्रता दिलाइन् । खेलको ५८ आंै मिनेटमा एपीएफकी अनु लामाले कैलालीकी डिफेन्डर निशा बोहोराको खुट्टामा प्रहार गरेपछि रेप|mीले पहंेलो कार्ड दिएका थिए । कैलालीकी मीना चौधरी घाइते भइन् । उनको स्थानमा निर्मला चौधरी मैदानमा प्रवेश गरेकी थिइन् । 

रोमाञ्चक खेलमा दर्शकको समर्थन भने कैलालीलाई थियो । पहिलो हाफमा एपीएफका खेलाडी त्यति जम्न नसके पनि दोस्रो हाफमा राम्रो तालमेलका साथ खेले ।

खेलको ८० औं मिनेटमा एपीएफकी जमुना गुरुङले सजना रानाको पासमा गोल गरेपछि टिम ४-० ले अगाडि रह्यो । एपीएफले बाराको सिमरामा हुने आर्मी र पुलिसबीचको विजेतासँग शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

दरबन्दि अनुसार कर्मचारी छैनन

रौतहट १ साउन,
ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा दरवन्दी अनुसारको कर्मचारी नभएका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् । एक शाखा अधिकृत एक लेखापाल दुई नायव सुव्वा र दुई पियन रहेको सो कार्यालयमा अहिले नायव सुव्वाको दरवन्दि रिक्त रहेको ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रशासकिय अधिकृत किरण निधि तिवारीले जानकारी दिनुभयो । दरवन्दीमा अनुसार कर्मचारी नभएका कारण काम गर्न कठिनाई हुनुका साथै सेवाग्राहीहरुलाई समेत मर्का परेको वहाले वताउनुभयो । यसैगरि एक पियन पनि काजमा गौर गएका कारण पनि समस्या परेको ईलका प्रशासनका कर्मचारीहरुले वताएका छन् ।

By:-radionunthar.com

दलित समुदायलाई मिटर जडानमा सहुलियत



रौतहट १ साउन,
By:-radionunthar.com
दलित समुदायलाई सरकारले मिटर जडानमा कम शुल्कमा निलो गरेपछि दलित समुदायका व्यक्तिहरु मिटर जडान गर्न उत्साहित भएका छन ।
नेपाल विुधुत प्रधिकरण शाखा गौर र प्रशाखा चन्द्रनिगाहपुरवाट दलित समुदायका व्यक्तिहरुले मिटर लिई रहेको प्रधिकरणले जनाएको छ ।
प्रधिकरण चन्द्रनिगाहपुर प्रशाखा अन्तरर्गतका चन्द्रनिगाहपुर पौराई सन्तपुर डुमरिया विश्रामपुर रघुनाथपुर धमौरा लगाएतका गाविसका २० जना दलित समुदायका व्यक्तिले मिटर लिएको प्रधिकरण चन्द्रनिगाहपुरले जनाएको छ ।
मिटर लिनेमा अधिकाश तत्मा राम दास लगायएतका रहेका छन् ।
मिटर जडानका लागी एक हजार दुई सय ८५ प्रधिकरणमा वुझाउनु पर्ने भएता पनि दलित समुदायको लागी एक सय २५ मात्र लाग्नॆ प्रधिकरण नया ग्राहक सेवाका मुकदम साहले जानकारी दिए ।
यसैगरि आर्थिक वर्ष ०६८&/०६९ मा एक हजार सात सय ३९ वटा मिटर वितरण भै सकेको साहले जानकारी दिए । 

राष्ट्रिय महिला फुटबलमा फाइनलका प्रवेशका लागि सेना र प्रहरी भिड्दै


रौतहट । १४ औं राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तरतगत फाइनल प्रवेशका लागि आज सिमरा रंगशालामा दुई विभागीय टिम नेपाली सेना र नेपाल प्रहरीबीभ भिडन्त हुँदैछ ।
नेपाली सेनाले बाँके र नेपाल प्रहरीले बारालाई क्वार्टर फाइनलमा पराजित गर्दै सेमिफाइनलमा भेट पक्का गरेका हुन् । यसअघि हिजो रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा कैलालीलाई हराउदै शसस्त्र प्रहरी टिम एपीएफ फाइनलमा प्रवेश गरेको छ ।
सशस्त्र प्रहरीले झापालाई र कैलालीले रौतहटलाई पराजीत गर्दै सेमिफाइनलमा भेट पक्का गरेको थिए ।   अखिल नेपाल फुटबल संघको आयोजनामा असार ३० गतेखेखि चन्द्रनिगाहपुरमा सुरु भएको खेल साउन १३ गते सिमरामा सकिदैछ । प्रतियोगितामा ३ विभागीय टिम र २४ जिल्लासहित २७ टिमको सहभागिता छ ।
जसमध्ये १३ टिमको खेल चन्द्रनिगाहपुरमा र १४ टिमको खेल सिमरामा गराइएको रौतहट जिल्ला फुटबल संघका अध्यक्ष नेपाल कार्कीले जानकारी दिनुभयो । प्रतियोतिमा पहिलो हुने टिमलाई तीन लाख, दोस्रो हुने टिमलाई एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने टिमलाई ५०–५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

रौतहटबाट दैनिक सुपारी तस्करी


  मदन ठाकुर/उज्यालो । रौतहट, असार २६ – सुपारी तस्करी रौतहट सदरमुकाम गौरबाट दैनिक सुपारीको तस्करी हुन थालेको छ । गौर भन्सार तथा प्रहरी प्रशासनको मिलेमतोमा दैनिक रुपमा डेढदेखि दुई टन सम्म विदेशी सुपारी भारततर्पm तस्करी भइरहेको स्थानीयले आरोप लगाएका छन् ।
गौर भन्सार कार्यालय क्षेत्रबाट नै सुपारी तस्करी भएपनि सीमा क्षेत्रमा खटिएको प्रहरीले र भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा कुनै चासो नदेखाएको उनीहरुको आरोप छ  । सुपारीको तस्करीमो महिला तथा बालबालिकालाई भरियाका रुपमा प्रयोग गरिरहेको स्थानीय बासिन्दा मनोज शर्माले बताउनुभयो ।
नेपालमा भन्दा भारतमा सुपारीको मुल्य बढी भएकाले स्थानीय व्यपारीहरुले अवैध रुपमा सुपारी भारत पठाइरहेका छन् । सुपारी तस्करी धेरै भएपनि प्रहरीले भने तस्करी नभएको दाबी गर्दै आएको छ । स्थानीय ब्यापारीहरुले भने प्रहरीले पैसा लिएर छाड्ने गरेको आरोप लगाएका छन् ।
भन्सार प्रमुख राजेन्द्र हमालले भन्सार क्षेत्रबाट तस्करी नभएको दाबी गर्दै खुला सीमाबाट हुने तस्करी आपूmहरुले नियन्त्रण गर्न नसक्ने प्रतिकृया दिनुभयो ।