रौतहट, ११ साउन । सर्लाहीको नेत्रगञ्जमा विषालु
सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । नेत्रगञ्ज ५ नवलपुरकी ४५ वर्षकी
इन्दिरा आचार्यको मृत्य भएको हो । उखु बारीमा घाँस काट्न गएको समयमा
आचार्यलाई सर्पले टोकेको हो ।
सर्पले टोके लगतै नवलपुर स्थित रिपुमर्दन गणमा उपचारका लागि लगिएको भएपनि त्यहाँ उपचार संभव नभएपछि जनकपुर लगिएको र जनकपुरमा पनि उपचार नपाएपछि उहाँको निधन भएको स्थानिय बासिन्दा विनोद चालिसेले जानकारी दिनुभयो । दुई दिन अघि मात्रै लालबन्दीमा सर्पले टोकेर एक युवकको ज्यान गएको थियो । नजिकै सर्पदंश उपचार केन्द्रको अभावमा अकालमा ज्यान गुमाइरहेको भन्दै स्थानीय बासिन्दाहरु चिन्तित भएका छन् ।
By:rauthatnews.com

No comments:
Post a Comment