Tuesday, August 21, 2012

घृणा फैलाउने खालका सामाग्री राख्ने २५० वटा वेवसाईट बन्द


५ भदौ, एजेन्सी । भारतले पूर्व क्षेत्रका नागरिकमा घृणा फैलाउने खालका सामाग्री राख्ने २ सय ५० वटा बेवसाईट बन्द गराएको छ भने १०० वटा वेबसाइट माथि प्रतिबन्ध लगाईएको संचारमाध्यमले जनाएको छ । भारतीय सुरक्षा अधिकारीका अनुसार अधिकांश वेबसाईट पाकिस्तानबाट सञ्चालि रहेको दावी गरेको छ । 
 
संचारमाध्यमले जनाएको अनुसार कम्प्युटरबाटै इन्टरनेटमा तयार गरिएका हिंसाजन्य तस्बिर र भिडियो राखेको पाए पछि सुरक्षा निकायले वेबसाइट बन्द गराएको हो ।
 
सामाजिक सञ्जालका साईट चलाउने कम्पनीहरुले पनि उनीहरुको बेवसाईटमा राखिएका हिंसा भड्काउने खालका सामाग्री केही भारतबाटै र केही पाकिस्तानबाट अपलोड गरिएको सरकारी अधिकारीले जनाएको छ ।
 
एमएमएस, एसएमएस र वेबसाईटको माध्यमबाट आक्रमणको हल्ला फैलिएपछि विभिन्न शहरमा बस्दै आएका पूर्वोत्तर क्षेत्रका बासिन्दा पलायन हुन थालेपछि भारतमा तनाव बढेको एजेन्सीले जनाएको छ । 

By: nepaliheadlines

No comments:

Post a Comment