मुम्बई, (एजेन्सी)- 'एक था टाइगर'को सफलताले हौसिएपछि निर्माण कम्पनी यशराज फिल्मसले यसको दोस्रो भाग बनाउने चर्चा चल्न थालेको छ। दोस्रो भागको गृहकार्य सुरु भइसकेको र त्यसमा पनि सलमान खानले नै मुख्य भूमिका निर
्वाह गर्ने निश्चित छ। अहिलेको कथा जहाँ टुंगिन्छ, दोस्रो भागको कथा त्यहीँबाट अघि बढ्नेछ वा अर्कै नयाँ कथा खोजिनेछ, निर्णय भइसकेको छैन।
तर, यशराज फिल्मसले दुइटा नाम दर्ता भने गरिसकेको छ, 'एक है टाइगर' र 'एक रहेगा टाइगर'। यसबाट के बुझिन्छ भने निर्माण कम्पनी दोस्रोमात्र होइन तेस्रो भागको पनि सोचमा छ।
कम्पनी वा निर्देशक कबिर खान, कसैले पनि यसको दोस्रो भागको पुष्टि गरिसकेका छैनन्।
अहिले भने 'एक था टाइगर'ले बक्स अफिसका धेरै रेकर्ड तोड्दैछ। प्रारम्भिक अनुमानअनुसार यसको कारोबार डेढ अर्ब भारु पुग्नेछ। आइतबार एक अर्ब छुने सम्भावना छ। सलमान र क्याटि्रना दुवै बक्स अफिसको रिपोर्टदेखि सन्तुष्ट छन्।

By:nagariknews
No comments:
Post a Comment