११ साउन, काठमाडौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल १४ औं एनसेल
राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । बाराको
सिमरामा आज भएको दोस्रो सेमिफाइनलमा प्रहरीले त्रिभुवन आर्मीलाई २-० ले
हराउँदै फाइनलमा स्थान पक्का गरको हो ।
नेपाल प्रहरीको जीतमा चन्द्रा भण्डारी र निरु थापाले एक एक गोल गरे । यसअघि हिजोको खेलमा कैलालीलाई हराउँदै सशस्त्रले फाइनलमा स्थान बनाएको थियो । नेपाल प्रहरी र सशस्त्रको फाइनल प्रवेशसँगै उपाधि विभागीय टोलीको पोल्टामा पर्ने निश्चित भएको छ । प्रतियोगितामा तीन विभागी र २४ जिल्ला गरी कुल २७ टोलीले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजेताले ट्रफी सहित तीन लाख र उपविजेता एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । उपाधि भिडन्त शनिबार बाराको सिमरामा हुनेछ ।

No comments:
Post a Comment