५ भदौ, बीरगञ्ज । बिरगञ्जको माईस्थान मन्दिर पछाडिबाट प्रहरीले ८ किलो चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । विर्ताबाट गएका प्रहरीले ना १६ प ३५४६ सिभिजेड मोटरसाइकलको सिट मुनि लुकाइ राखेको चाँदी पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्ताको हरिओम साह हुन् भने प्रहरीले जनाएको छ ।
रक्सौलबाट डिपिएस ज्वेलरीको लागि ल्याएको चाँदी अवैध भएको प्रहरीले बताएको छ । चाँदी ल्याएको मोटरसाएकल भने सुमन सरार्फ रहेको प्ररहीले बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment