अमेरिकी आर्मीले इन्डियाना विश्वविद्यालयका मेडिसिन विभागका वैज्ञानिकहरूलाई आत्महत्या गर्न मन नलाग्ने खालको स्प्रे बनाउन करिब २७ करोड नेपाली रूपैया (३ मिलियन डलर) प्रदान गरेको छ ।
अमेरिकामा आत्महत्या गर्ने सैनिकहरुको संख्या बढ्दै गएपछि चिन्तित बनेको अमेरिकी सैनिक मुख्यालयले इन्डियाना विश्वविद्यालयका वैज्ञानिहरूलाई आत्महत्याको विरोधी बनाउन सक्ने खालको स्प्रेको निर्माणका लागी उक्त ठुलो रकम दिएको बताइएको छ । उक्त रकम अमेरिकी सैनिक मुख्यालयले एनाटोमी, सेल बायोलोजी तथा न्यूरोबायोलोजीका प्राध्यापक माइकल कुबेकलाई दिएको छ । कुबेकले अहिले थाइरोट्रोपिन-रिलिजिङ-हर्मोन को बारेमा अध्ययन गरिरहेको बताइएको छ । थाइरोट्रोपिन-रिलिजिङ-हर्मोन भन्नाले मानव मष्तिष्कमा पाइने एक केमिकल जसले मानिसमा तनाव र आत्महत्याको सोचलाई कम गर्न सक्छ । यदी यो केमिकललाई सक्रिय बनाउन सक्ने हो भने मानिसमा तनाव र आत्महत्याको सोचमा कमी आउने बताइएको छ ।
तर कुबेकका अनुसार अमेरिकी सैनिले चाहेजस्तो औषधी इन्जेक्सन या खाएर लिन नमिल्ने बताएका छन् । उनले उक्त औषधीलाई स्प्रेको रूपमा प्रयोग गरिनुपर्ने बताएका छन् । उनले यस्तो स्प्रेको निर्माण गर्नुपर्ने बताएका छन् जसले नियमित रूपमा आवश्यक मात्रामा मात्र औषधी मष्तिष्कसम्म पुर्याउन सकोस् ।
By:-nepaliheadlines
No comments:
Post a Comment