रौतहट, ११ साउन । बगमति खोलाले ठूलो परिमाणमा खेत
कटान गरेको भन्दै रौतहटका स्थानियबासिन्दाले बागमती खोलाबाट ढुङ्गागिट्टी
निकाल्न रोक लगाएको छ ।
जिल्ला विकास समिति रौतहटले स्थानिय बासिन्दासँग गरेको सम्झौता अनुसार खोलाको ठेक्का लागेको रकमको ३५ देखि ५० प्रतिशत रकम तटबन्दमा खर्च गर्ने भनेपनि कुनै काम नगरेको भन्दै स्थानीयले आज विहानैदेखि काममा अवरोध पुयाएको हो । बागमती खोलामा तटबन्द नहुँदा रौतहटको चतुर्भुजेश्वर मन्दिर खोलाले लैजाने अवस्था आएको र बस्ती भन्दा माथिबाट खोला पस्ने सम्भावन उच्च हुदाँसमेत यसतर्फ कुनै निकायले चासो नदेखाएको भन्दै अनिश्चित कालको लागि खोलाबाट ढुङ्गागिट्टिी निकाल्न रोक लगाएको स्थानियबासिन्दा गणेश अधिकारीले जानकारी दिनुभयो । काम रोकिएपछि स्थानिय मजदुर भने समस्यमा परेका छन् । यसबारेमा स्थानीय विकास समिमिलेसमेत चासो नदेखाएको भन्दै आफूहरुले पटक पटक स्काभेटर, ट्रिफर नियन्त्रणमा लिएको भए पनि केही राजनीतिक दलका नेताहरुको कारण छुटाउने गरेको स्थानिय बासिन्दाको भनाइ छ । बागमती खोलाबाट अनितयन्त्रित तवरले ढुङ्गागिट्टी निकाल्दा चुरे क्षेत्रको विनास हुँदै गएको हो ।...........
By:rautahatnews.com

No comments:
Post a Comment