| राष्ट्रिय महिला फुटबलमा बुधबार कैलालीविरुद्ध बल नियन्त्रण गर्ने प्रयासमा एपीएफकी खेलाडी अनु लामा (दायाँ) । तस्बिर : शिव/कान्तिपुर |
रौतहट, श्रावण १० -
एपीएफ ४-० कैलाली
डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपीएफ चन्द्रनिगाहपुरमा जारी १४ औं
एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बुधबार कैलालीलाई ४-० पराजित
गर्दै फाइनलमा प्रवेश गरेको छ ।
जितका लागि एपीएफले कैलालीको कडा चुनौती सामना गर्यो । पहिलो हाफ समाप्त
हुन एक मिनेट मात्र बाँकी छँदा एपीएफकी जमुना गुरुङले मिडफिल्डर सजना
रानाको पासमा बललाई जाली चुमाउँदै गोलको खाता खोलेकी थिइन् । विजेता टिमले
पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।
दोस्रो हाफमा एपीएफले राम्रो प्रदर्शन गर्यो । उसका लागि स्ट्राइकर अनु
लामाले उत्कृष्ट खेल देखाइन् । उनले खेलको ५२ औं मिनेटमा लक्ष्मी पौडेलको
पासमा सानदार गोल गरेकी थिइन् । कैलालीले एपीएफको गोल पोस्टमा बल लैजान
निकै प्रयास गरे पनि डिफेन्डर भगवती थापाले विफल पारेकी थिइन् ।
अघिल्लो खेलमा राम्रो प्रदर्शन गर्दै आएकी कैलालीकी नीरा सुनुवारले स्तरीय
खेल देखाउन सकिनन् । कैलालीकी अमृता जैसीको प्रदर्शन पनि राम्रो रह्यो ।
कैलालीको टिममा उनी फूर्तिली खेलाडीमा गनिन्छिन् । टिमका अन्य खेलाडी भने गोल बचाउन व्यस्त रहे ।
दोस्रो हाफमा एपीएफले गोलका लागि निकै प्रयास गरेको थियो । खेलको ५७ औं
मिनेटमा विजेता टिमकी प्रमिला राईले तुलसा राईको पासमा सानदार गोल गरी
टिमलाई ३-० ले अग्रता दिलाइन् । खेलको ५८ आंै मिनेटमा एपीएफकी अनु लामाले
कैलालीकी डिफेन्डर निशा बोहोराको खुट्टामा प्रहार गरेपछि रेप|mीले पहंेलो
कार्ड दिएका थिए । कैलालीकी मीना चौधरी घाइते भइन् । उनको स्थानमा निर्मला
चौधरी मैदानमा प्रवेश गरेकी थिइन् ।
रोमाञ्चक खेलमा दर्शकको समर्थन भने कैलालीलाई थियो । पहिलो हाफमा एपीएफका
खेलाडी त्यति जम्न नसके पनि दोस्रो हाफमा राम्रो तालमेलका साथ खेले ।
खेलको ८० औं मिनेटमा एपीएफकी जमुना गुरुङले सजना रानाको पासमा गोल गरेपछि
टिम ४-० ले अगाडि रह्यो । एपीएफले बाराको सिमरामा हुने आर्मी र पुलिसबीचको
विजेतासँग शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
No comments:
Post a Comment