रौतहट ११ साउन,
ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा दरवन्दी अनुसारको कर्मचारी नभएका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् । एक शाखा अधिकृत एक लेखापाल दुई नायव सुव्वा र दुई पियन रहेको सो कार्यालयमा अहिले नायव सुव्वाको दरवन्दि रिक्त रहेको ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रशासकिय अधिकृत किरण निधि तिवारीले जानकारी दिनुभयो । दरवन्दीमा अनुसार कर्मचारी नभएका कारण काम गर्न कठिनाई हुनुका साथै सेवाग्राहीहरुलाई समेत मर्का परेको वहाले वताउनुभयो । यसैगरि एक पियन पनि काजमा गौर गएका कारण पनि समस्या परेको ईलका प्रशासनका कर्मचारीहरुले वताएका छन् ।
By:-radionunthar.com
By:-radionunthar.com
No comments:
Post a Comment