रौतहट
। १४ औं राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तरतगत फाइनल प्रवेशका लागि
आज सिमरा रंगशालामा दुई विभागीय टिम नेपाली सेना र नेपाल प्रहरीबीभ भिडन्त
हुँदैछ ।
नेपाली सेनाले बाँके र नेपाल प्रहरीले बारालाई क्वार्टर फाइनलमा पराजित
गर्दै सेमिफाइनलमा भेट पक्का गरेका हुन् । यसअघि हिजो रौतहटको
चन्द्रनिगाहपुरमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा कैलालीलाई हराउदै शसस्त्र
प्रहरी टिम एपीएफ फाइनलमा प्रवेश गरेको छ ।
सशस्त्र प्रहरीले झापालाई र कैलालीले रौतहटलाई पराजीत गर्दै सेमिफाइनलमा
भेट पक्का गरेको थिए । अखिल नेपाल फुटबल संघको आयोजनामा असार ३० गतेखेखि
चन्द्रनिगाहपुरमा सुरु भएको खेल साउन १३ गते सिमरामा सकिदैछ ।
प्रतियोगितामा ३ विभागीय टिम र २४ जिल्लासहित २७ टिमको सहभागिता छ ।
जसमध्ये १३ टिमको खेल चन्द्रनिगाहपुरमा र १४ टिमको खेल सिमरामा गराइएको
रौतहट जिल्ला फुटबल संघका अध्यक्ष नेपाल कार्कीले जानकारी दिनुभयो ।
प्रतियोतिमा पहिलो हुने टिमलाई तीन लाख, दोस्रो हुने टिमलाई एक लाख ५० हजार
र सेमिफाइनलमा पुग्ने टिमलाई ५०–५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
No comments:
Post a Comment