By: onlinekhabar
२६ साउन,इटहरी । पत्रकार, प्रशासन र प्रहरीवीचको सहकार्यले नै अपराधलाई नियन्त्रण गर्न सक्नेमा पूर्वान्चलका सुरक्षा, प्रशासन प्रमुख र पत्रकार अगुवाहरुले जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपाल सुनसरी शाखाले आयोजना गरेको सुरक्षित पत्रकारिता, सुरक्षा अंगको दायित्व जवाफेहिता र सहकार्य विषयक अन्र्तक्रियामामा सहभागीहरुले त्यस्तो जोड दिएका हुन ।
कार्यक्रममा पूर्वान्चल क्षेत्रीय प्रशासकबाट हालै बन सचिवमा सरुवा भएका कृष्णचन्द्र पौडेलले अन्र्तक्रियाको उद्घाटन गर्दै प्रशासन र पत्रकारिता क्षेत्र मिलेर अगाडि बढे सबै खालका विकृतिहरुको सहज अन्त्य हुने बताए । उनले मुलुकमा राजनीतिक पत्रकारिता धेरै भएको भन्दै अब ग्रामिण, विकास, आर्थिक पत्रकारिताको माध्यमबाट मुलुकको परिवर्तनमा भूमिका खेल्नु पर्ने धारणा रोख ।
पूर्वान्चल क्षेत्रीय प्रहरी प्रमुख डिआईजी सुरेन्द्रबहादुर शाहले पूर्वान्चलको प्रहरी पत्रकारसागको सहकार्यमा अगाडि बढिरहेकेा भन्दै आफ्नो कार्यकालमा अनैतिक गर्ने २१० जना प्रहरीमाथि कारवाही समेत गरेको बताए । उनले पत्रकार माथि आक्रमण गर्नेलाई कुनै पनि हालतमा उन्मुक्त हुन नदिने प्रतिबद्धता ब्यक्त गर्दे पत्रकार र प्रहरीवीच नङ र मासुको सम्बन्ध भएको बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर थापाले मिस कम्यूनिकेशनले गर्दा अहिलेसम्म पत्रकार र प्रशासन क्षेत्रमा अन्यौलता देखिएको भन्दै आफुहरु पत्रकारसागको सहकार्यमा अगाडि बढ्न तयार भएको बताए । अन्र्तक्रियामा पत्रकार विजय मिश्रले पत्रकार सुरक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा पत्रकारमहासंघ क्षेत्रीय प्रतिनिधि मोहन काजी न्यौपाने, सुनसरीका अध्यक्ष केशब घिमिरे, धनकुटाको अध्यक्ष मोहन बान्तवा, सप्तरीका अध्यक्ष धिरेन्द्र साहले पनि पत्रकारको सुरक्षा अवस्थाको विषयमा जानकारी दिएका थिए ।
No comments:
Post a Comment