By: onlinekhabar
निमु संगम घर्ती
२६ साउन, दाङ । दाङको घोराहीमा शुक्रवार बिहान भेटिएको बमलाई नेपाली सेनाले निष्कृय पारेको छ । घोराहीमा रहेको वेष्टर्न डेभलपमेन्ट बैँकको बा ८ च ७५६७ नम्बरको जिपमा झुण्ड्याइएको अबस्थामा भेटिएको बमलाई नेपाली सेनाले कटुवाखोलामा लगेर डिस्पोज गरेको हो ।
बैंकका कार्यकारी प्रमुख कमलबहादुर केसीको घर अगाडि पाकिर्ङ गरेर राखिएको उक्त जिपको अघिल्लो भागमा हृयाण्ड गि्रनेट बम भेटिएको हो । बमलाई नेपाली सेनाको तुलसीपुरबाट आएको बम डिस्पोजल टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बम कसले र किन राखेको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन् । विहीवारमात्रै देउखरीको चैलाही-३, देउपुरको अर्जुन खोला किनारमा दुईवटा बम फेला पारेको थियो ।
No comments:
Post a Comment