नेपाल टेलिकमको थ्रीजी सिमकार्ड तीन सय रुपैयाँमा
स्थापनाको आठौं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले विभिन्न सेवाहरुको
महशुल दरमा छुट, नयाँ महशुल निर्धारण, महशुल दर परिमार्जन एवंजरिवाना मिनाहा लगायतका योजना सार्वजनिक गरेको छ ।टेलिकमले भिडियो कुराकानी गर्न सकिने थ्रीजी प्रिपेड सिमकार्ड तीन सय
रुपैयाँमा नै प्राप्त गर्न सकिने जनाएको छ। पहिले एक हजार पाँच सय
रुपैयाँको थ्रीजी सिमकार्डलाई तीन सय रुपैयाँमा नै उपलब्ध गराउने घोषणा
गरिएको छ। यस्तै सिडिएमएबाटउच्च गतिमा चलाउन सकिने इन्टरनेट सेवाको
शूल्क दुई हजार पाँच सयबाट घटाएर तीन सय रुपैयाँमा नै दिने प्रबन्ध
निर्देशक अमरनाथ सिंहले जानकारी दिनुभयो।
No comments:
Post a Comment