Friday, August 10, 2012

बार एसोसिएसन नवलपरासीको ताला खुल्यो

By: onlinekhabar

२६ साउन, नवलपरासी । नेपाल बार एसोसिएसन नवलपरासी शाखामा लगाएको ताला आजदेखि खुल्ने भएको छ । बारको नेतृत्व र आन्दोलनरत पक्षबीच भएको वार्ता आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने सहमति भएपछि आजबाट ताला खुलाउने सहमति भएको हो ।
प्रजातान्त्रिक कानुन व्यवसायी सङ्गठनमा आबद्ध वकिलहरुले सात सूत्रीय माग राख्दै तीन सातादेखि उक्त शाखामा ताला लगाएका थिए ।
वार्तामा व्यावसायिक वकिलहरुलाई सदस्यता प्रदान गर्ने, समयमा नै बार साधारणसभा गर्ने र आर्थिक पारदर्शिता गर्ने सहमति भएको प्रजातान्त्रिक कानुन व्यवसायी सङ्गठनका अध्यक्ष नसरुल्लाह अन्सारीले जानकारी दिनुभयो ।
यसअघि बारको नेतृत्व पक्षले एकलौटी निर्णय गरेको, आर्थिक पारदर्शिता नगरेको, समयमा साधारणसभा नगरेको, सदस्यता वितरण प्रभावकारी नभएकोलगायतका सात सूत्रीय माग राख्दै वकिलहरुले तालाबन्दी गरेका थिए ।

No comments:

Post a Comment