Tuesday, August 21, 2012

प्रदिप र भुवन चम्किएपछि नेपालद्धारा नामिबिया पराजित


pradeep and bhuwan karki५ भदौ,काठमाडौ । अष्ट्रेलियामा जारी अण्डर-१९ विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको छ। आज खेलिएको खेलमा नेपालले नेपाललाइ ३९ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गर्दे नेपालले २१९ रनको स्कोर खडा गरेको थियो। नेपालको लागी प्रदिप ऐरेले शान्दार ९८ रनको पारी खेलेका थिए भने सुभास खकुरेलले ३५ रनको योगदान दिएका थिए ।
२२० रनको लक्ष्य सहित मैदानमा उत्रिएको नामिवियाको ब्याटिङ शुरुमै चर्मराएपनि स्टेफेन बार्ड र झिबाबो ग्रोनवाल्डले सम्हालेका थिए। उनिहरुले क्रमश ५६ रन ५४ रनको योगदान दिए नेपालले सहजताका साथ जीत हासिल गर्यो ।नेपालको लागी भुवन कार्कीले पाँच लिएका थिए। पाँच विकेट लिने भुवन कार्कीलाई म्यान अफ द म्याच घोषणा गरियो ।


By:nepaliheadlines

No comments:

Post a Comment