४७ लाख १९ हजार बराबरको कारोबार
काठमाडौं, श्रावण २९ - नेपाली भूमि भारतीय
नक्कली नोट कारोबारीको 'ट्रान्जिट' बनेको आरोप खेपिरहेका बेला नक्कली
नेपाली रुपैयाँका कारोबार व्यापक देखिएको छ । प्रहरी प्रधान कार्यालयले
उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो ।
विशेषगरी चाडपर्वका बेलामा यस्ता नोटको
कारोबार बढ्ने गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध
गराएको तथ्यांकअनुसार पछिल्ला ६ वर्षमा झन्डै आधा करोड नक्कली नेपाली
रुपैयाँ बरामद भएका छन् । २०६३ सालदेखि अहिलेसम्म ४७ लाख १९ हजार ७ सय २०
रुपैयाँ नक्कली नोट बरामद भएको प्रहरी तथ्यांकमा छ । त्यस्ता करिब ३ दर्जन
कारोबारी प्रहरी नियन्त्रणमा आएका छन् ।
प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहले
भारतीय नोटको तुलनामा नेपाली नक्कली नोट कमै मात्रामा बरामद हुने बताए ।
उनका अनुुसार तराईका जिल्लामा नेपाली नक्कली नोटको बिगबिगी छ । 'अझ
चाडपर्वका बेलामा नक्कली रुपैयाँ बढी भेटिन्छ,' डीआईजी सिंहले भने
'चाडबाडमा सामान खरिद बिक्री बढी हुने भएकाले त्यसको मौका छोप्दै
कारोबारीले बजारमा त्यस्ता नोट निकाल्छन् ।' प्रहरीका अनुसार फाट्टफुट्ट
रूपमा भेटिने नोट कलर फोटोकपी मेसिनमा पि्रन्ट गरेर तयार पारिएको देखिन्छ ।
अलि ठूलै मात्रामा भेटिने नोट भने छिमेकी मुलुकमा बनाएर नेपालमा ल्याइने
गरेको प्रहरीको भनाइ छ । 'नेपालीले नै पि्रन्ट गराएर नेपाली बजारमा
भित्र्याएको पाइएको छ,' डीआईजी सिंहले भने ।
संगठित रूपमा कारोबार गरेर नेपालको
अर्थतन्त्रलाई असर पार्ने उद्देश्य नभई व्यक्तिगत फाइदाका लागि कारोबार
गर्ने गरेको प्रहरी बताउँछ । प्रहरीका अनुसार नक्कली नोट सबैभन्दा बढी
काठमाडौंमा बरामद भएका छन् । खुला सिमानाको फाइदा उठाएर तराईका जिल्ला
हुँदै मुख्य व्यापारिक केन्द्र काठमाडौंमा नोट भित्र्याइएको प्रहरीको भनाइ छ
। नोट पूर्वी पहाडी जिल्ला पाँचथरदेखि कास्की, गोरखा, बागलुङ लगायतका
पहाडी जिल्लामा समेत भेटिएका छन् । 'नक्कली र सक्कली नोट थाहा पाउन
सर्वसाधारणलाई गाह्रो हुन्छ,' डीआईजी सिंहले भने, 'त्यस्तो बेलामा
सर्वसाधारण धेरै मात्रामा ठगिन सक्छन् ।'
प्रहरीले २०६६ कात्तिक २० गते काठमाडौंको
माछापोखरीबाट सबैभन्दा बढी १३ लाख ३४ हजार नक्कली नेपाली रुपैयाँ बरामद
गरेको थियो । काठमाडौंकै कविता बर्मा साखबाट नेपालीसहित २७ लाख ३२ हजार ५
सय भारतीय नक्कली रुपैयाँसमेत बरामद भएको थियो । यस्तै २०६६ जेठ ४ गते
काठमाडौंकै तीनकुनेबाट रविमान श्रेष्ठ ६ लाख ५५ हजार नेपाली नक्कली
रुपैयाँसहित पक्राउ परेका थिए ।
स्रोत ः ईकान्तिपुर.कम
No comments:
Post a Comment