Friday, August 10, 2012

व्यवसायीको आन्दोलनले ग्याँसको अभाव

By: onlinekhabar
२६ साउन, काठमाण्डौं । ग्याँस व्यवसायीहरुको आन्दोलनका कारण देशभर ग्याँसको माग बढ्न थालेको छ । व्यवसायीहरुले १६ सुत्रिय माग राखेर ग्याँसको विक्रिवितरण रोक्ने चेतावनी दिएपछि ग्यासको माग बढेको हो ।
अहिले दैनिक २५ प्रतिशतका दरले ग्यासको माग बढेको ग्याँस विक्रेता महासंघका महासचिब महेश्वरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यसैविच सरकारले अत्याबश्यक बस्तु ग्याँसमा गरिएको आन्दोलनका कार्यक्रम फिर्ता नलिए ऐनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ । अत्यावश्य ऐन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रक्रिया थालिसकेको छ । उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पुग्ने गरी कुनै पनि गतिविध भएमा त्यसलाई नियन्त्रण गर्न ऐन लागु गर्न लागिएको हो ।

No comments:

Post a Comment