Tuesday, August 7, 2012

पोलिथिन झोला प्रयोगबाट नकारात्मक असर

रौतहट, 23 साउन । पोलिथिनको झोला प्रयोगबाट बाताबरणमा असर पर्छ भन्ने कुराको ज्ञान नभएका कारण रौतहटका अधिकांस बजारमा यसको प्रयोग बढ्दै जान थालेको छ । 

तरकारी खरिद देखी कपडा खरिद गर्दासम्म स्थानीय पसलेहरुले दिने पोलिथिनका झोला गाँउघरमा यत्रतत्र फाल्ने गरिएका कारण कारण बाताबरणमा मात्र असर नभएर खेतीयोग्य उर्बरा जमिनमा समेत खाद्यान्य कम मात्रामा उत्पादन हुने गरेको जिल्ला कृषी कार्यालय रौतहटका बालिबिकाश अधिकृत
रामसेवक ठाकुरले बताउनु भयो । अधुनिकीकरणले ल्याएको प्लास्टीकका समानहरु प्रयोग गर्दा जती सहज छ, त्यसको उचित ब्यवस्थानमा सानो कमजोरी हुने गरेका कारण रौतहट जिल्लाका सयौं बिगाह खेतीयोग्य जमिनलाई असर गरेको गरिरहेको छ । प्लास्टीकको बढ्दो प्रयोग र प्रयोगपछि जथाभाबि फ्याक्ने प्रबृतीका कारण रौतहट जिल्लामा केही बर्ष मै बिकराल समस्या आउने खतरा बढ्दै गएको छ । जथाभाबि फालिएका प्लास्टीकजन्य बस्तुहरु बर्षायाममा बगेर खेतबारीमा पुग्छन् । माटो मुनी पुरिने र प्लास्टिक नकुहिने बस्तु भएका कारण अन्नबाली उत्पादनमा असर पर्ने गरेको बालि बिकाश अधिकृत ठाकुरको भनाई रहेको छ । पोलिथिनको बिकल्पका रुपमा ग्राहकहरु आफैले कागजको व्याग या कपडाको झोला लिएर मात्र बजारमा समान खरिदका लागि जानु पर्छ भन्ने कुराको ज्ञान नभएका कारण रौतहटका अधिकाँस बजारमा ग्राहकहरु समान खरिदका लागि खाली हात गएर पोलिथिनको झोलामा सामान ल्याउने गरेका
छन् ।.........

No comments:

Post a Comment