२२ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउन सरकारलार्इ निर्देशन दिएको छ ।
अख्तियारले पोशाक लगाए नलगाएको अनुगनको व्यवस्था गर्न र आचारसंहित बनाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
अख्तियारले कर्मचारीहरुले विभिन्न बहाना बनाएर कार्यालय छाड्ने गरेकोप्रति पनि ध्यानाकर्षण गराएको छ । अनेक बहाना बनाई कर्मचारीहरुले कार्यालय छाड्ने प्रवृत्ति बढेकाले सवाग्राही मारमा परेको अख्तियारद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
By:-onlinekhabar.com
No comments:
Post a Comment