काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल
-क्यान) ले आगामी भदौ २८ देखि ३१ गतेसम्म काठमाडौँमा क्यान सफ्टेक २०१२
आयोजना गर्ने भएको छ ।
त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड
सेन्टरको डाइरेक्सन एक्जिविसन एन्ड कन्भेन्सन सेन्टरमा आयोजना गरिने पाँचौ
क्यान सफ्टेक संस्करणमा जम्मा ५१ वटा स्टलहरू रहने छ । विश्वविख्यात
स्वदेशी तथा विदेशी कम्पनीहरूले भाग लिने क्यान सफ्टेकको टाइटल स्पोन्सर
इन्फोडेभलपर्स प्रालि रहेको छ भने पि्रन्ट स्पोन्सर फिनिक्स ट्रेडिङ रहेको छ
।
यस पटकको सफ्टेकमा सफ्टवेयरको क्षेत्रमा
शिक्षा, कम्प्युटर सुरक्षा, बैङ्किङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापनसँग
सम्बन्धित सफ्टवेयर राखिने भएको छ । त्यस्तै नेपाल सरकारका विभिन्न
निकायले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित
गतिविधिको प्रदर्शन पनि क्यान सफ्टेकको मुख्य आकर्षण रहने बताइएको छ ।
गतवर्षको क्यान सफ्टेकमा ४५ हजारको सङ्ख्यामा अवलोकनकर्ता रहेकामा यस पटक ४९ हजारसम्म पुग्ने आयोजकले अनुमान गरेको छ । रासस
By: onlinekhabar
No comments:
Post a Comment