पोखरा, श्रावण २३ - युवा संघका कार्यकर्ताको कुटाईवाट मंगलवार पोखराको न्यूरोडमा दुई युवक गम्भीर घाईते बनेका छन । करिव दुई दर्जनको समुहमा रहेका बन्दकर्ताको कुटाईवाट तनहुँ बन्दिपुरका लेखवहादुर गुरुङ्ग र धादिङ ज्याम्मु ७ का राजु वयलकोटी घाइते बनेका हुन । बन्दकर्ताले विद्यार्थी चढेको सवारीलाई अभद्र ब्यबहार गरिरहँदा त्यसो नगर्न अनुरोध गरेपछि उनीहरुले आफुहरुलाई कुटपीट गरेका घाइते लेखवहादुरले बताए ।
ढुंगा र लाठिको प्रहारवाट टाउको र शरीरको विभिन्न भागमा चोट लागेका घाईतेहरुको सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ ।
आज मुलुकभर चार घन्टे चक्काजाम
प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामाको माग गर्दै एमालको युवा संघले आह्वान गरेको देशव्यापी चक्काजामका कारण राजधानी काठमाडौं लगायत मुलुकभरको जनजीवन प्रभावित भएको छ । संघले मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टाका लागि देशभर चक्काजाम आह्वान गरेको छ । १० बजेपछि यातायात संचालन भएपछि जनजीवन सामान्य बनेको छ ।
यसअघि आइतबार र सोमबार उक्त समयमा राजधानीमा मात्र चक्काजाम गरिएको थियो । चक्काजामका कारण राजधानीका सडकमा सवारी साधन कुदेको छैन ।
दाङमा यातायातका साधन, शैक्षिक संस्था, उद्योग धन्दा र बजार बन्द रहेका छन् । भोलि विहान पनि ६ देखि १० बजेसम्म बन्दको कार्यक्रम रहेको युवा संघका केन्द्रीय सदस्य मनोहर बुढाथोकीले जानकारी दिए ।
No comments:
Post a Comment